| आइतवार, कार्तिक २२, २०८३

लमजुङको अलैंची बारीमा गोरखाका किसान

दरौंदी ः गोरखाका किसानले अलैंची खेतीबारे लमजुङको छिनखोलामा स्थलगत अध्ययन गरेका छन् ।
अलैंची खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि गोरखाका ३५ जना कृषक अलैंची खेतीबारे बुझ्न छिनखोला पुगेका हुन् । गोरखाको भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँ पालिकाका कृषकको चार समुहले अलैंचीबारीको स्थलगत अवलोकन गरी त्यसबारे जानकारी लिएको नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए । थोरै(थोरै अलैंची रोपेका, अलैंची रोप्ने चाहना भएका र अलैंचीको बारेमा जान्ने रुचि भएका कृषकहरुले अलौंचीबारेमा विविध जानकारी लिएको उनी बताउँछन् ।
अलैंची खेतीको अवस्था, पृष्ठभूमि, परिचय, वनस्पातिक विवरण, खेतीको उपयोगिता र महत्व, यसका प्रचलित प्रजातिको चिनारी, प्रसारण विधि, नर्सरी व्यवस्थापन, विरुवा रोपण, स्याहार, रोग किरा नियन्त्रण, उत्पादन र त्यसपछिका कार्यहरु, बजारीकरण लगायतका विषयमा सामुहिक रुपमा जानकारी दिएको उनले बताए ।
अलंैचीखेती बारे जानकारी पाएपछि आफुलाई व्यवसायिक रुपमा अलैंची उत्पादन गर्न ठूलो सहयोग मिल्ने भिमसेन गाउँपालिकाीा मिना गुरुङले बताईन्् । ‘कतिबेला अलैंचीको कस्तो स्याहार सुसार गर्ने, गोडमेल, मलखाद र छहारीको व्यवस्था, टिप्ने र सुकाउने कसरी गर्ने भनेर सिके । अब मैले खेती गर्दा ध्यान दिन्छु ।’ छिनखोलाका ८० प्रतिशत किसान अलैंची खेतीमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्