
हिमचुलीको खुद बचत ३२ लाख
हिमचुली बचत तथा ऋण सहकारी संथा लिमिटेडले एक बर्षको अबधिमा ३२ लाख रुपैयाँ खुद बचत गरेको छ ।
संस्थाको २७ औं बार्षिक साधारण सभाका अबसरमा दिईएको जानकारी अनुसार एक बर्षको अबधिमा संस्थाले करकट्टी गरेर ३२ लाख १८ हजार तीन सय ६ रुपैयाँ खुद बचत गर्न सफल भएको छ ।
कार्यक्रममा आर्थिक बर्ष २०७५÷०७६ मा १८ करोड १९ लाख ५९ हजार चार सय एक रुपैयाँ दायित्व तथा सम्पत्ति सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा असल ऋणीहरुमा सदस्यहरु चञ्चला ज्ञवाली, इश्वरभक्त तिवारी र धर्मराज श्रेष्ठ र जेष्ठ सदस्यमा विष्णुप्रसाद श्रेष्ठ र ज्ञानमाया राना मगरलाई सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाकी उप प्रमुख बिना कुमारी श्रेष्ठ, जिल्ला सहकारी सघं गोरखाका सचिव महेन्द्र प्रसाद खनाल, वडा नं. १० का वडाअध्यक्ष देवी बहादुर बस्नेत, लेखा सुपरिवेक्षण समितिका अध्यक्ष ऋषिराम सापकोटा, पूर्व अध्यक्ष तथा सल्लाहकार गोवर्धन आचार्य, निवर्तमान अध्यक्ष दिलिप देवकोटा क्षेत्र नं.(१, उपक्षेत्र नं.(४, का संयोजक खडानन्द भट्ट, क्षेत्र नं.(१, का संयोजक ओम बहादुर श्रेष्ठ, निवर्तमान उपाध्यक्ष तुलसा मरहट्टा, सदस्य इश्वरभक्त तिवारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
जिल्ला गोरखा नगरपालिका ७ नयाँबजारमा रहेको सहकारीमा एक हजार पाचँ सय ३ जना शेयर सदस्य आबद्ध छन् ।




