
साधना र आर्थिक संवृद्धि लघुवित्त गाभिए
गोरखा सदरमुकाममा केन्द्रिय कार्यालय रहेको साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तिय संस्थालाई प्राप्ती गरी एकिकृत कारोबार सुरु गरेको छ । साधना लघुवित्त वित्तिय संस्थाको नामबाट सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको संस्थाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । नेपाल राष्टू बैंकका सञ्चालक रामजी रेग्मीले कार्यालयमा औपचारिक कार्यक्रमका साथ एकीकृत कारोबार सुरु भएको घोषणा गरेका हुन् । दुबै संस्थाले प्राप्तीका लागि जेठ २५ गते छुट्टाछुट्टै सम्पन्न विशेष साधारण सभावाट पारित विशेष प्रस्ताव अनुसार नेपाल राष्टू बैंकले असार २५ गते अन्तिम स्विकृती दिएको थियो ।
आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडलाई साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्राप्ति पश्चात् बन्ने संस्था ‘साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ले बेहोर्ने, सकार्ने गरी सहमति भएको छ । प्राप्ति पश्चात वित्तीय संस्थाको हालको चुक्तापूँजी सात करोड ३५ लाख रुपैयाँ भएको छ । संस्थाको कुल निक्षेप २८ करोड र कुल लगानी एक अरव २० करोड पुगेको छ । संस्थाको अब ४० शाखा रहेका छन् । वित्तीय संस्थाको आगामी आर्थिक वर्ष २०७६÷७७को योजना अनुसार १ः१(१०० प्रतिशत) हकप्रद शेयर तथा सर्वसाधारण शेयर जारी पश्चात् संस्थाको चुक्तापूँजी २१ करोड रहने छ ।




