| आइतवार, कार्तिक २२, २०८३

कति किशोरकिशोरीले चलाउँछन फेसबुक ?

फेसबुकलाई पाँच अरब लडर जरिवाना

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले अहिलेसम्मकै उच्च अर्थात पाँच अरब अमेरिकी डलर जरिवाना तिर्नु पर्ने भएको छ । प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक स्वार्थका लागि अवैध रुपमा प्रयोग भएको सम्बन्धमा अनुसन्धान गरिरहेको अमेरिकी निकायले फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नु पर्ने निर्णय गरिदिएको हो ।

अमेरिकीकाको द फेडेरल ट्रेड कमिसन (एफटिसी) ले फेसबुकका ८ करोड ७० लाख भन्दा बढी प्रयोगकर्ताको जानकारी राजनीतिक परामर्शदाता क्याम्ब्रिज एनालिटिकाले अवैध रुपमा प्राप्त गरी निहित राजनीतिक स्वार्थका लागि प्रयोग गरेकोबारे अनुसन्धान गरिरहेको छ ।

फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर जरिवाना तिराउने सम्बन्धी प्रस्ताव एफटिसीमा ३–२ भोटले पारित भएको तर यो सम्बन्धमा फेसबुक र एफटिसीले कुनै प्रतिक्रिया दिन नचाहेको बिबिसीले उल्लेख गरेको छ ।

एफटिसीले सन् २०१८ को मार्चमा अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा फेसबुकले सन् २०११ मा भएको सम्झौता उल्लंघन गरे या नगरेको सम्बन्धमा हेरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्