
बारपाक सुलीकोट पोन्च्योमा बास र निगालोबाट बिभिन्न हस्तकलाका सामग्री बुन्ने तालिम
बारपाक सुलिकोट गाँउपालिका वडा नम्बर ४ पोन्च्यो गाँउका महिला दिदिबहिनीहरू यति खेर बाँसका सामाम्री बनाउन ब्यस्त छन् ।
घरेलु तथा उद्योग विकास समिति र सामाजिक स्वास्थ्य उथान केन्द्र काठमाण्डौको साझेदारीमा गाँउघरमै उपलब्ध बाँस तथा निगालोको सामाग्री बनाउने २ महिने तालिम पाएपछि गाँउका महिला खुसी भएका छन् । गाँउघरमा खेर गईरहेको बाँस तथा निगालोलाई उपयोग गरी मुढा, र्याक, टोकरी लगायत बिभिन्न सामाग्रीहरू बनाउन पाउदा निकै उत्साहित भएका छन् ।
एकैठाँउमा बसेर सुखदुखका कुरा गर्दै बाँसका विभिन्न सामाग्री बनाउने सिप सिक्न पाउदा महिलाहरु खुसी भएका प्रशिक्षक मिन बहादुर मगरले बताए । सिकेको कामलाई निरन्तरता दिने र गाँउमा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई पोन्च्यो गाँउको चिनो स्वरूप दिने र स्वदेश तथा बिदेश सम्म सो सामाम्री पुर्याई आफ्नो गाउँठाउँलाई स्वदेश तथा बिदेश सम्म चिनाउने लक्ष्य रहेको उनीहरूको भनाई छ।हाल तालिममा १३ जना दिदिबहिनीहरू सहभागि रहेका छन।




