
बारपाक सुलीकोटको बजेट ४२ करोड,
एक वडा एक मुख्य सडक निर्माण गर्ने योजना,
बारपाक सुलिकोट गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४२ करोड ३८ लाख १६ हजार रुपैयाँ बजेट ल्याएको छ । कार्यालयमा मंगलबार आयोजित पाचौं गाउँसभाले गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङले पेश गरेको आर्थिक बर्ष २०७६÷७७ को बजेट पारित गरेको हो । विनियोजन ऐन प्रस्तुत गर्दै उनले आगामी बर्ष २५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको जानकारी दिईन् ।
गाउँसभाले अध्यक्ष विष्णु भट्टले प्रस्तुत गरेको आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम पनि पारित गरेको छ ।
निति तथा कार्यक्रम अनुसार एक वडा एक मुख्य सडक निर्माण गर्ने उल्लेख छ । हरेक वडाको केन्द्रबाट गाउँपालिकासम्म १२महिना नै गाडी चल्न सक्ने सडक बनाउने योजना उनले सुनाए ।
आगामी बर्षका लागि गाउँपालिका ले शिक्षालाई पनि प्राथमिकता दिएको छ । चालु बर्ष शिक्षा क्षेत्रमा शशर्त अनुदान बाहेक ७० लाख रुपैयाँ विनियोजन गरिएकोमा आगामी बर्षका लागि एक करोड २० लाख रुपैयाँ छुट्टाईएको छ । गुणस्तरीय शिक्षाका लागि विद्यालयमा आबश्यकता अनुसार शिक्षक नियुक्तीका लागि बजेटको ब्यबस्था गरिएको उनले बताए । यस्तै, गाउँपालिकाले एक मावि एक फुलबारी निति लिएको छ । विद्यालय स्तरका बालबालिकाको प्रतिभा उजागर गर्न प्रोत्साहनका लागि सुलिकोटको प्रतिभा खोज अभियान सञ्चालन गर्ने तय भएको अध्यक्ष भट्टले जानकारी दिए । सुरक्षीत मातृत्व र पोषणका लागि गाउँपालिकाले सुत्केरीलाई ‘गर्भवती चेली उपाध्यक्षको कोसेली’ नामक पोषण प्याकेज दिने भएको छ । घरमा सुत्केरी हुन नदिने निति पनि गाउँपालिकाले लिएको छ । गर्भवती अबस्थामा नियमित रुपमा जाचँ गर्नुका साथै स्वास्थ्य संस्थामा नै सुत्केरी भए गाउँपालिकाको तर्फबाट थप एक हजार रुपैयाँ उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष भट्टले बताए । पालिका भित्रका स्वास्थ्य संस्थाबाट रिफर भएका सुत्केरीलाई अन्य अस्पताल सम्म पु¥याउनका लागि गाउँपालिका ले एम्बुलेन्स खर्च तिरीदिने उनले जानकारी दिए । युवालाई स्वरोजगार बनाउनका लागि चालुबर्ष सञ्चालन भएको युवा रोजगार कार्यक्रम लाई आगामी बर्षपनि निरन्तरता दिईने भएको छ । ब्यबसायिक रुपमा कृषि र पशुपालन गर्ने युवाका लागि विनाधितो ऋण दिन आगामी बर्षका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत शिव गुरुङले जानकारी दिए ।




