| आइतवार, कार्तिक २२, २०८३

मेरुदण्ड भाँचिएका, ब्लड क्यान्सर, मृगौला र कलेजो पीडितलाई उपचार खर्च जुटाउने अभियान सञ्चालन

मेरुदण्ड भाँचिएका राजु खनालको उपचारका लागि संकलन भएको एक लाख १३ हजार सात सय ३१ रुपैयाँ हस्तान्तरण गरिएको छ । लियो क्लब अफ गोरखाका सचिव बालकृष्ण परियारले सञ्चालन गरेको आर्थिक संकलन अभियानमा संकलन भएको रकम खनाललाई हस्तान्तरण गरिएको हो ।

खनाल उपचाररत भरतपुर सरकारी अस्पतालमा पुगेर परियारले रकम हस्तान्तरण गरेका हुन् । उनले फेसबुकमार्फत सहयोग संकलन अभियान सञ्चालन गरेका थिए । भीमसेन थापा गाउँपालिका (४ धावाका खनाल गत चैत २७ रुखबाट लडेर मेरुदण्ड भाँचिएको थियो ।
यस्तै, कलेजो र मृगौला पिडित भिमसेन थापा गाउँपालिका २ का धनबहादुर सुनारलाई अमेरीकामा बस्ने गोर्खालीले आर्थिक सहयोग गरेका छन् । गोर्खाली समाय न्युयोर्क मार्फत एक लाख ३२ हजार आठ सय १८ रुपैयाँ सहयोग गरिएको हो । काठमाडौको शिक्षण अस्पतालमा उपचाररत सुनारलाई सुनिल लामिछाने नेतृत्वको समुहले सहयोग रकम हस्तान्तरण गरेको छ ।


ब्लड क्यान्सरबाट पीडित गोरखा नगरपालिका ८ आदर्शनगर टोलकी गरिमा गुरुङको उपचारका लागि आर्थिक सहायता अभियान सञ्चालन गरिएको छ । सो टोल विकास संस्थाका अध्यक्ष वीरबहादुर गुरुङको नेतृत्वमा सञ्चालन गरिएको अभियानबाट एकलाख पाँचहजार सातसय २६ रुपियाँ जुटेको छ । सो रकम अध्यक्ष गुरुङले बिरामीकी आमा देवीमाया गुरुङलाई हस्तान्तरण गरिएको छ ।


पीडित बालिकाको उपचारको लागि घलेडाडा राना खोला सामुदायिक वन उपभोक्ता समूहले ५ हजार पाँचसय ५५ रुपियाँ, रानिबन टोल विकास संस्थाले पाँचहजार पाँच रुपैया, रत्नलक्ष्मी मावि डुम्रिडाडाबाट तीनहजार एकसय ४० रुपियाँ, सरस्वती मावि आहालेबाट १८ हजार ४५१ रुपैयाँ र आदर्शनगर टोल विकास संस्थाबाट .७३ हजार ५७५ रुपैयाँ संकलन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्