
गोरखा सदरमुकाममा तिनमहिने ब्युटिसीयन तालिम सुरु
गोरखा सदरमुकाममा तिनमहिने ब्युटिसीयन तालिम सुरु भएको छ । सौन्दर्यकला ब्यबसायी संघको आयोजनामा निशुल्क ब्युटिसियन तालिम सुरु भएको हो ।
गोरखा नगरपालिकाको हरेक वडाबाट दुई जना महिला तालिममा सहभागी छन् । वडा कार्यालयले असाहाय, जनजाती, दलित लगायत विभिन्न आधारमा सहभागी छनौट गरी पठाएको सौन्दर्यकला ब्यबसायी संघले जनाएको छ । तालिममा संघमा आबद्ध ब्युटिसियनहरुले प्रशिक्षण दिनेछन् ।
महिलाहरुको सीप विकास गरी आयआर्जनमा टेवा पु¥याउने उदेश्यले तालिम आयोजना गरेको संघले जनाएको छ । संघकी अध्यक्ष सुकु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, संघका सल्लाहकार भाइचन्द्र श्रेष्ठ, कोषाध्यक्ष रिता श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका संघकी सचिव रीना गुरुङले जानकारी दिईन् ।




