
ओम वैंक एनएमबीमा गाभिने
दरौंदी : एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ ।
एनएमबीले प्रति शेयर ७५ रुपैयाँका दरले ओमलाई दिने गरी मर्जर सहमति भएको हो । प्राइम कमर्सियल बैंकसँग मर्जर तोडेपछि ओमले एनएमबीलाई छानेको हो।
प्राइमले ओमलाई प्रति शेयर साढे ८२ रुपैयाँका दरले प्राप्ति गर्न खोजेको थियो। कर्मचारी समायोजनमा बिबाद भएपछि ओम र प्राइमको मर्जर सैद्धान्तिक स्वीकृति पाएपछि तोडिएको हो । एनएमबी र ओमका मर्जर समिति संयोजकहरुले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।




