| आइतवार, कार्तिक २२, २०८३

एभरेष्ट बैंकद्वारा महालक्ष्मी माविमा शौचालय निर्माण

एभरेष्ट बैंक गोरखा शाखाले गोरखाको एक विद्यालयमा शौचालय निर्माण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत गोरखा नगरपालिका ९ को महालक्ष्मी माध्यामिक विद्यालयमा शौचालय निर्माण गरेको हो ।


पाचँ लाख ७० हजार रुपैयाँको लागतमा शौचालय निर्माण गरेको बैंकका प्रबन्धक चन्द्र गुरुङले जानकारी दिए ।

मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले शौचालय विद्यालयलाई हस्तान्तरण गरे ।

विद्यालय ब्यबस्थापन समितिका सदस्य देबेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका महाप्रबन्धक राजीव जैन, विद्यालयका प्रधानाध्यापक चुडामणि काप्री लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्