
धुवाँकोट र मिरकोटका महिलालाई छेलोखर्को ब्यबसाय सञ्चालनका लागि उद्यमशिलता विकास तालिम
पालुङटार नगरपालिका ९ को धुवाँकोट र मिरकोटका महिलालाई छेलोखर्को ब्यबसाय सञ्चालनका लागि उद्यमशिलता विकास तालिम दिईएको छ । महिला तथा बालबालिका उद्धार केन्द्र गोरखाको आयोजनामा राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार गैह्रकृषि अन्तरगत छेलोखर्को ब्यबसाय सञ्चालनका लागि ३० जना महिलालाई तालिम दिईएको हो ।
वडा कार्यालयमा प्राप्त निवेदनका आधारमा जनप्रतिनिधीको रोहवरमा दलित, एकल, हिंसापिडीत महिलाहरु छनौट गरि तालिम दिईएको हो । तथा पालुङटार नगरपालिकामा आयोजित पाचँदिने तालिममा घरेलु तथा साना उद्योग विकास समितिका सम्झना पाण्डे र कल्पना परीयारले सहजिकरण गरेका थिए ।
तालिममा क्रममा उनिहरुले नाङलो, डालो, ठेला तथा घुम्तीमा गर्न सकिने ब्यबसाय, ब्यबसाय गर्नुअघि र गर्दा ध्यान दिनुपर्ने विषय लगायतका विषयमा सहजिकरण गरेका थिए ।
मंगलबार भएको तालिम समापन कार्यक्रममा पालुङटार नगरपालिकाकी उपप्रमुख तथा स्थानिय सहजिकरण समिति संयोजक पम्फा बसेल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रदेव भारती, वडा अध्यक्ष भेजराज पाण्डे, वडासदस्य लीलामाया गुरुङ, भारती परीयार, कृष्णबहादुर अधिकारी, महिला तथा बालबालिका उद्धार केन्द्रकी उपाध्यक्ष रविकला खनाल, सदस्य शारदा घिमिेरे, इन्द्रामाया लामिछाने लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
तालिममा सहभागीहरुले राष्ट्रपति महिला उत्थान जिविकोपार्जन कार्यक्रमबाट ब्यबसाय सञ्चालनका लागि जनही १७ हजार रुपैयाँ पाउनेछन् । तालिम समापनका अबसरमा पहिलो चरणमा ब्यबसाय सञ्चालनका लागि जनही आठ हजार पाँच सय रुपैयाँ प्रदान गरिएको संस्थाकी अध्यक्ष सम्झना देवकोटाले बताईन् । ब्यबसाय सुरु गरेपछि बाँकी रकम उपलब्ध गराउने उनको भनाई छ । महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष देवकोटाले जानकारी दिईन् ।




