| आइतवार, कार्तिक २२, २०८३

गोरखा बजारका हार्डवेयर पसल अनुगमन

दरौंदी : गोरखा बजारका हार्डवयर पसलको अनुगमन गरिएको छ । गोरखा नगरपालिकाको अगुवाई तथा टूान्सपरेन्सी इन्टरनेशनलको संयोजनमा शुक्रबार बजार क्षेत्रका छ वटा हार्यवयर पसलको अनुगमन गरिएको हो । गोरखा भिजन सप्लायर्स, एन एण्ड एस इन्टरप्राईजेज, भाइचन्द्र श्रेष्ठको हार्डवयर पसल, भण्डारी हार्डवयर, केसी सप्लायर्स, र कुमार हार्ड वयरमा अनुमगन गरिएको हो ।अनुगमनका क्रममा एकै किसीम को निर्माण सामाग्रीको पनि पसल ैपिप्छे फरक मुल्य रहेको पाईएको ट्रानसपरेन्सीकी जिल्ला अधिकृत कमला रानाले बताईन् । ‘हार्डवयरबाट बिक्री हुँदै आएका बालुवामा माटो मिसिएको पाईया’ उनले भनिन, ‘निर्माण सामाग्रीको मुल्य ग्राहकले स्पस्टसँग देख्नेगरी राखिएको छैन । हार्डवयर पसलमा बिल ब्यबस्थापनमा पनि समस्या रहेको पायौं ।’अनुगमनमा गोरखा नगरपालिकाकी उप प्रमुख विनाकुमारी श्रेष्ठ, वडा अध्यक्षहरु नारायण अर्याल, कृष्णबहादुर केसी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधी सहभागी थिए । निर्माण सामाग्रीमा उपभोक्ता ठगिने क्रम रोक्नका लागि अनुगमन गरिएको गोरखा नगरपालिकाकी उप प्रमुख श्रेष्ठले बताईन् ।
अनुगमनका क्रममा फेला परेका कमजोरी सुधार गरेर ब्यबसाय सञ्चालन गर्न ब्यबसायीलाई निर्देशन दिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्