| आइतवार, कार्तिक २२, २०८३

सहकारी दिवसका अबसरमा अन्तरक्रिया

दरौंदी : गोरखाको भिमसेन थापा गाँउपालिका ८ मा ६२ औं राष्टिूय सहकारी दिवसका अबसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । उद्यमशिल साना किसान कृषि सहकारी संस्था र सृजनशिल बचत तथा ऋअण सहकारी संस्थाको आयोजनामा महादेवटारमा ‘सम्बृद्ध भिमसेन थापा गाउँपालिका निर्माणका लागि सहकारीको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम भएकोे हो ।
कार्यक्रममा जिल्ला कृषि सहकारी संघ गोरखाका अध्यक्ष भरत ढकाल र जिल्ला सहकारी संघ गोरखाका लेखा समिति सदस्य परशुराम श्रेष्ठले कार्यपत्र पेश गरेका थिए । संस्थाका अध्यक्ष बिश्वजंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष बासुथापा, नारायण भट्टराई, गाउँकार्यपालिका सदस्य सरिता भट्ट, बलराम वाग्ले, भरत श्रेष्ठ, यदुनाथ सापकोटा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्