
फेकोफनद्धारा लप्सीबोटमा तालिम
सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) अजिरकोट गाउँपालिका स्तरीय समितिको आयोजनामा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । अजिरकोट गाउँपालिकाको आर्थिक सहयोगमा अजिरकोट ३ लप्सीबोटमा भएको कार्यक्रममा जिल्ला महासंघका अध्यक्ष कमल लामिछाने र अजिरकोट महासंघका अध्यक्ष एकबहादुर रानाले सहजिरकण गर्नुभयो । कार्यक्रममा वनका प्रकार, सामुदायिक वन गठन प्रक्रिया, शुसासन, सहभागितामुलक कार्यक्रम सञ्चालन, जलवायु परिवर्तन र सामुदायिक वनको अन्तरसम्बन्ध, कानुनी प्रावधान लगायतका विषयमा सहभागीलाई जानकारी गराईएको थियो । तालिम समापन कार्यक्रममा वडाअध्यक्ष तयराज गुरुङ, वडा नं २ अध्यक्ष भिमलाल तामाङ, शिवप्रसाद अधिकारी, कोपीला घिमीरे, विष्णुचन्द्र अधिकारी लगायतले मन्तब्य ब्यक्त गर्नुभएकोे थियो । तालिममा ९ सामुदायिक वनका ३७ जना सहभागी थिए ।




