
सिरानचोकमा निजि वन संघको तदर्थ समिति गठन
गोरखाको सिरानचोक गाउँपालिका स्तरीय पारीवारीक निजि वन संघ तदर्थ समिति गठन भएको छ । चोरकाटे बजारमा शनिवार भएको भेलाले गणेशकुमार श्रेष्ठको अध्यक्षतामा ७ सदस्यिय तदर्थ समिति गठन गरेको हो । समितिको सचिव रणबहादुर खनाल र कोषाध्यक्ष गीतादेवी घले रहेका छन् । यस्तै, कमल गुरुङ, शान्ती कुमाल र गणेश अधिकारी सदस्य चयन भएका छन् । संघका जिल्ला अध्यक्ष भरत कट्टेल र सचिवालय सदस्य सन्तोष दवाडीको उपस्थितीमा भएको कार्यक्रममा सिरानचोक गाउँपालीका ६ का वडा सदस्य नारायण बोहरा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




