| आइतवार, कार्तिक २२, २०८३

साधना र आर्थिक सम्बृद्धि लघुवित्त गाभिने

दरौंदी समाचारदाता
गोरखामा प्रधान कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमीटेड र तनहूँ डुम्रेमा केन्द्रीय कार्यालय रहेको आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्था गाभिने भएका छन् । साधना लघुवित्तका अध्यक्ष कृष्ण वहादुर थापा र आर्थिक सम्बृद्धि लघुवित्तका डा. एक नारायण चापागाँइले सम्झौता पत्रमा हस्ताक्षर गर्दै संस्था गाभ्ने निर्णय गरेका हुन् ।
संस्थाको नाम अब साधना लघुवित्त वित्तीय संस्था लिमिटेड हुनेछ भने केन्द्रीय कार्यालय गोरखाको हरमटारीमा नै रहनेछ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा चुक्ता पूँजी ४ करोड ९० लाख रहेको साधना लघुवित्तले २६ वटा शाखा सञ्चालनमा ल्याएको छ । आफ्ना २० हजार जना सदस्य मार्फत् रु १३ करोड निक्षेप संकलन गरी रु ७० करोड लगानी गरी रु ५७ लाख नाफा आर्जन गरेको संस्थांले जनाएको छ । त्यसैगरी चुक्तापूँजी ३ करोड ६लाख २५ हजार रहेको आर्थिक सम्बृद्धि लघुवित्तको १४ वटा शाखामार्फत् आफ्ना ५ हजार जना सदस्य मार्फत् रु ४ करेड निक्षेप संकलन गरी रु १५ करोड लगानी गरेको छ । नेपाल राष्टू बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदेशस्तर वा राष्टिूयस्तरमा कायम रहनुपर्ने र सो का लागि मर्जर तथा प्रप्तिलाई प्रोत्साहन गरेको छ । यस दुई लघुवित्तको प्राप्ति सम्बन्धि सम्झौता नेपालमै पहिलो रहेको साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्