
वैंकको व्याजदर घटाउन उद्योग वाणिज्य संघको माग
बैंक तथा वित्तीय संस्थाले दिने ऋणको ब्याजदर कम गर्न उद्योग वाणिज्य संघ गोरखाले माग गरेको छ ।
बैंकहरुले एकतर्फी रुपमा गरेको ब्याजदर बृद्धिप्रति असन्तुष्टि जनाउँदै संघले ब्याजदर घटाउन नेपाल सरकार तथा राष्टू बैंकको ध्यानाकर्षण गराएको छ । आइतबार प्रेस विज्ञप्ती जारी गर्दै संघले ब्याजदर बृद्धिले संवृद्ध नेपाल बनाउने अभियानमा पनि असर पुग्ने दाबी गरेको छ ।
संघका अध्यक्ष जिवनज्योती श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तीमा देश संवृद्ध हुनका लागि उद्यमको विकास आबश्यक भएपनि ब्याजदर बृद्धिले उद्यमशिलताको अबधारणालाई चुनौती दिएको लेखिएको छ । ब्याजदर कम नभएमा आन्तरिक उद्योग ब्यबसाय फस्टाउन नसक्ने र सरकारले लिएको बार्षिक ५ लाख रोजगार सृजनाको नीती असफल हुने संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
बैंक तथा वित्तिय संस्थाले ब्याजदरमा अत्याधिक वृद्धिले उद्योग ब्यबसाय क्षेत्रमा ह्रास आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ब्याजदरमा भएको वृद्धिमा निजि क्षेत्रबाट निर्माणाधिन परियोजनाको लागत बढेको,नयाँ लगानी निरुत्साहित भएको, नागरिकको दैनिक जिवनयापनमा ब्ययभार थपिएको र उद्योगी ब्यबसायीले काम नै छाड्ने अबस्था सिर्जना भएको विज्ञप्तीमा लेखिएको छ ।




