
कसरी पाउँछन् जनताको जलविद्युत आयोजना कार्यक्रममा नागरिकले सेयर ?
सरकारले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गरेको छ । यो कार्यक्रमले सबै नेपालीलाई जलविद्युत आयोजनाको सेयरधनी बनाउने सरकारको दाबी छ ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते पहिलो सेयर आफूले किन्ने बताए ।
कसरी किन्ने सेयर ?
कार्यक्रम शुरु भएसँगै प्रवद्र्धक कम्पनीले बिक्री प्रवन्धकमार्फत सेयरको सार्वजनिक निष्काशन गर्नेछ ।
तोकिएका आयोजनामा सेयर लगानी गर्न इच्छुक ब्यक्तिले आस्वा प्रणाली अनुसार सेयर आवेदन दिनुपर्नेछ । हरेक कम्पनीको छुट्टाछुट्टै सेयर निष्काशन र आवेदन हुनेछ । कार्यक्रम अन्तर्गत आवेदकको डिम्याट खाता र बैंक खाता अनिवार्य हुनुपर्नेछ ।
सेयर बिक्री खुला भएपछि आवेदकले आवेदनका साथ खरिद गर्न चाहेको रकमको १० प्रतिशत पहिलो किस्तामा भुक्तानी गरे पुग्नेछ । आयोजनको न्युनतम् ७५ प्रतिशत भौतिक निर्माण सकिएपछि बाँकी ९० प्रतिशत दोस्रो भुक्तानीमा दिए हुनेछ ।
एक जनाले न्यूनमत १०० र अधिकतम १० हजार कित्ता आवेदन दिन सक्नेछन् । प्रति सेयर मूल्य १०० रुपैयाँ छ ।
साथै विपन्न वगृका लाथि विपन्न कर्जामार्फत सेयर आवेदन दिने व्यवस्था मिलाइने मन्त्रालयले नामाएको छ । स्थानीय तहले विपन्न बर्ग भनेर सिफारिस गरेपछि यो ऋण पाइन्छ ।
अनलाइन खबर डटकमबाट




