| आइतवार, कार्तिक २२, २०८३

गोर्खाली बचतको स्थापना दिवस

दरौंदी ः गोरखा नगरपालिका ६ को गोर्खाली बचत तथा ऋण सहकारी संस्थाले सातौं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसकै अबसरमा संस्था ले सामाजिक उत्तरदायित्व अन्तरगत दुई विद्यालयका छात्रछात्रालाई शैक्षिक सामाग्रि वितरण गरेको छ । गोरखा नगरपालिकाको नवज्योती मावि डण्डीडाँडाका अजित कोइराला, ममिता गुरुङ र सदिक्षा कोईराला तथा शक्ति मावि पाटेचौरकी सलिना गुरुङ, अप्सना अधिकारी र सुनिल गुरुङलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
संस्थाका अध्यक्ष विदुर बानियाँको अध्यक्षता मा भएको कार्यक्रममा शक्ति माविका भार्गवबाबु पाण्डे, सस्थांका ठाकुर खनाल, सञ्जय अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्