
छेपेटारमा च्याम्बर गठन
गोरखा च्याम्बर अफ कमर्सले गोरखा नगरपालिका १० छेपेटार बजारमा तदर्थ समिति गठन गरेको छ । मंगलबार भएको ब्यबसायीहरुको भेलाले कमलनारायण श्रेष्ठको अध्यक्षतामा १६ सदस्यिय समिति गठन गरेको हो । समितिको उपाध्यक्ष हिमलाल विश्वकर्मा, सचिव प्रकाश दवाडी, कोषाध्यक्ष सम्झना श्रेष्ठ चयन भएका छन् । सदस्यमा ज्ञानहरी अर्याल, सुदर्शन श्रेष्ठ, साजन श्रेष्ठ, जमुना श्रेष्ठ, विष्णु केसी, सुदिप बस्नेत, नयनप्रसाद श्रेष्ठ, मोतिराम कुमाल, निराजन श्रेष्ठ, ग्रिस बस्नेत र सुमति श्रेष्ठ रहेका छन् । भेलाले गोकर्ण बहादुर थापा र राजेन्द्रबाबु श्रेष्ठलाई सल्लाहकार चयन गरेको छ । गोरखा च्याम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठ, महासचिव रामस्वरुप श्रेष्ठ, कोषाध्यक्ष शिशुबाबु प्रधान र सचिव सुमेन्द्र श्रेष्ठको उपस्थितिमा समिति गठन गरिएको हो ।




