| आइतवार, कार्तिक २२, २०८३

मनकामनामा महिला उद्यमी विकास समिति

गोरखाको मनकामनामा उद्योग वाणिज्य संघ मनकामना बजार ईकाई महिला उद्यमी बिकास समिती गठन भएको छ। महिला उद्यमीको ब्यबसायिक हितका लागी आइतबार भएको महिला उद्यमीको भेलाले निर्मला श्रेष्ठको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । जसको उपाध्क्षय सरस्वती पन्त गैरे,सचिव सर्मीला श्रेष्ठ र कोषाध्क्षय जमुना जोशी चयन भएका छन् । समितिको सदस्यमा कल्पना श्रेष्ठ,सुकमाया थापा,कालीमाया श्रेष्ठ,सन्तोषी श्रेष्ठ,पुनम थापा चयन हुनु भएको गोरखा उधोग बाणिज्य संघका सदस्य शरण श्रेष्ठले जानकारी दिए । उद्योग वाणिज्य संघ मनकामना इकाईका सचिव हरीकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिजय संघ गोरखा र महिला उद्यमी विकास समितिका पाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्