| आइतवार, कार्तिक २२, २०८३

गोरखा चेम्बरको अध्यक्षमा भाइचन्द्र

दरौंदी : गोरखा चेम्बर अफ कमर्सको प्रारम्भीक साधारण सभा तथा प्रथम अधिबेशनले भाईचन्द्र श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जस को बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद ढकाल, उपाध्यक्ष रुस जोशी, महा सिचव रामस्वरुप श्रेष्ठ, सचिव सुमेन्द्र श्रेष्ठ, कोषाध्यक्ष शिशुबाबु प्रधान र सह कोषाध्यक्ष सरोज पोख्रेल चयन भएका छन् । होटल गोरखा विसौनीमा शनिवार विहान भएको भेलामा सहभागीहरुले ब्यबसायीक हितका लागी अन्य संघसस्थांसँग मिलेर अघि बढ्न सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मलहोत्रा, केन्द्रिय सदस्य दिपक पाण्डे, महासचिव रामस्वरुप श्रेष्ठ, गोरखा नगरपालिकाका मेयर राजन राज पन्त, उपमेयर विनाकुमारी श्रेष्ठ, नेकपाका बाबुराम थापा, नयाँ शक्ति पार्टीका ज्ञानेन्द्र कुमाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्