
ट्याक्सी व्यवसायीको अध्यक्षमा ताराबहादुर खड्का
गोरखाका टयाक्सी ब्यवसायीको सँस्था गोरखा मनकामना यातायत सेवा प्रालिको दोस्रो साधारण सभा तथा पहिलो अधिबेसनले ताराबहादुर खड्काको अध्यक्षतामा ७ सदस्यिय कार्यसमिति चयन गरेको छ । जिल्ला सदरमुकाममा भएको सभाले नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भिमबहादुर राना, सचिवमा सुमन श्रेष्ठ र कोषाध्यक्षमा देबेन्द्रजंग कुँवर चयन भएका छन् । समितिको सदस्यमा सानुकाजी अर्याल, रामकुमार थापा, उज्वल खड्का रहेका छन् । सस्थांका निवर्तमान कार्यबाहक अध्यक्ष ताराबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक महेन्द्र नेपाल, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष जिवनज्योती श्रेष्ठ, मनास्लु यातायात प्रालिका सुमेन्द्र श्रेष्ठ, पृथ्वी राजमार्ग बस सञ्चालक समिति गोरखा कार्यालयका प्रविण बस्नेत, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका रामबहादुर सुनार लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




