
उद्योग पुनः सञ्चालनमा मजदूरको जोड
किरण लोहनी : उद्योग पुन सञ्चालन कसरी गर्दा ठीक होला भन्ने विषयमा भने मजदुर कर्मचारी विभाजित देखिएका छन् । कोही सम्पूर्ण जिम्मा नीजि क्षेत्रलाई दिनुपर्ने पक्षमा छन् भने कोही सरकारलेनै चलाउनु पर्ने विचार राख्छन् । कसैले भने सार्वजनिक नीजि साझेदारीको मोडल उपयुक्त हुने बताएका छन् । श्रमीक संघका अध्यक्ष परियारले भने, ‘सरकारले चलाएको उद्योगको हालत कस्तो हुन्छ भन्ने त देखिसकिएको छ, त्यसैले अब कुनै उद्योगपतिलाई चलाउन दिनुपर्छ ।’ समाजवादी टूेड युनियनका इकाई अध्यक्ष हरिराम पोखरेलको भने फरक विचार छ । ‘पुरानो टेक्नोलोजीले चल्दैन, नयाँ हायर गर्नुपर्छ र साझो दारीमा चलाउनुपर्छ ।’ उनी भन्छन् । अखिल नेपाल क्रान्तिकारी टूेड युनियन महासंघका अध्यक्ष कृष्ण कट्टेलले भने मजदूर र कर्मचारी लाई अनिवार्य अवकाश दिइएकैमा तीब्र असन्तुष्टि जनाए ।‘सञ्चालक हरुको कमिशनको खेलका कारण उद्योग धराशायी भयो, त्यसको सजायँ चाहिँ मजदुर र कर्मचारीलाई दिन मिल्छ ?’ प्रश्न गर्दै उनले भने, ‘अहिले भएको म्यानेजमेन्ट टीम परिवर्तन गरेर सरकार आफैंले यो उद्योग चलाउनुपर्छ ।’ रुग्ण ५ उद्योगलाई पुन सञ्चालन गर्ने योजनामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय छ । त्यसमध्येको एक गोरखकाली रबर उद्योग सञ्चालनमा चिनियाँ ब्यवसायीहरुले चासो देखाएका छन् । चिनियाँ प्रविधिमा बनेको उद्योग कहिले चल्ला, कुन मोडलमा चल्ला वा चल्दै नचल्ला, त्यो भोलीका दिनमा खुल्दै जाला, तर मजदुर र कर्मचारीको एउटै स्वर छ, ‘हामी घाँडो भएका रहेछौं, त्यही भएर अवकाश दिइएको होला, जे भएपनि यो देशको गहना हो, यो उद्योग चलेकै राम्रो ।’




