| आइतवार, कार्तिक २२, २०८३

आफैंले काटेको रुखले च्यापिएर एकको मृत्यु

दरौंदी ः आफैंले काटेको रुखले च्यापिएर ताकुकोटमा एकजनाको मृत्यू भएको छ । वारपाक सुलिकोट गाऊँपालीका ६ हुँडीपारि जंगलमा रुख काट्ने क्रममा आफैंले काटेको रुख ढलेर च्याप्दा ३८ वर्षका सुकबहादुर विकको घटनास्थलमै ज्यान गएको हो । सिकर्मीको काम गर्ने विक विहिबार दिउँसो साढे १ बजेतिर रुख काट्न जंगल गएका थिए । मृतक विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखा ल्याईएको प्रहरी निरिक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्