| आइतवार, कार्तिक २२, २०८३

एकादशी मेलामा झडप, दुई घाइते ८ सवारीसाधन तोडफोड

दरौंदी ः एकादशी मेलामा गोरखा र धादिङका युवाहरु बीच भएको झडपमा दुई जना घाइते भएका छन् । आठवटा सवारीसाधन तोडफोड भएको छ । सहिदलखन गाउँपालिका ९ स्थित बुङ्कोटघाट मेलामा सोमबार बिहान दुई बजे भएको झडपमा परी भीमसेन गाउँपालिका ७ बोर्लाङका शिव कुमाल र सुब्बा कुमाल घाइते भएका हुन् । दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झडपको क्रममा अक्रोशित समूहले मेला आसपास पार्किङ गरी राखेको पाँच वटा मोटरसाइकल र तीनवटा बोलेरो जीप तोडफोड गरेका प्रहरीले जनाएको छ । बा. २७. प. ५८१ नंबरको मोटरसाइकल पुर्ण क्षेती भएको छ । त्यस्तै बा ७२ प ६३८, बा ८१ प ९५१०, ग ११ प ६१४, बा ९८ प ५४८५ नम्बरका मोटरसाइकलहरु क्षतिग्रस्त भएका हुन् । त्यस्तै ग १ ज ४९४० नं को बलेरो जिप, बा १४ च ६८५१ र ग १ ज ६९६१ नं को बलेरो जिप पनि तोडफोड भएको प्रहरीले जनाएको छ । मेला भर्न भेला भएका गोरखा र धादिङ करिब पाँचसय जनाको भागदौडमा जात्रु घाइते भएका हुन् । स्थानीयका अनुसार जुवा(लङ्गुरबुर्जा) खेल्ने क्रममा झडप भएको हो । घटनाको अनुसन्धान भइरहेको र दोषीको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिए । त्यस्तै बारपाक सुलीकोट गाउँपालिका ४ सुलीकोटमा एक अपरिचित ब्यक्तिले धारिलो हतियार प्रहार गर्दा केवरा निवासी बोजबहादुर गुरुङ घाइते भएका छन् । प्रहरीले आक्रमणको आशंकामा अजीरकोट ४ का कवि परियारलाई नियन्त्रण मा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्