| सोमवार, अशोज ४, २०८३

मनास्लु हिमपहिरोमा पुरिएर दुई जनाको मृत्यू

मनास्लु हिमपहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा इण्डियन जर्मन आरोही ध्रुवज्योति गुहा र उनका सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन् । मनास्लु हिमाल आरोहणका क्रममा शनिवार उनीहरु तेस्रो शिविर पुगेका थिए । राती एक्कासी हिमपहिरो आएर टेण्टभित्र सुतिरहेका उनीहरुलाई पुरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार मौसम बिग्रिएर ठुलो पानी परेपछि अन्य आरोही दोस्रो शिविरतर्फ झरेपनि उनीहरु तेस्रो शिविरमै बसेका थिए ।

मकालु एड्भेञ्चरबाट मनास्लु आरोहणका लागि गएका उनीहरुको शव सोमबार हेलिकोप्टरबाट उद्धार गरी काठमाडौ‌‌‌‌‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ लैजाने तयारी‍ गरिएको बताइएको छ । केही दिनअघि मनास्लु आरोहणकै क्रममा सिंगापुरका आरोही ५० बर्षीय लउई सेङ्ग र आ‍‍रोहण सहयोगी २०बर्षीय तासि शेर्पाले ज्यान गुमाएकाथिए । दोस्रो शिविरबाट तल झर्नेक्रममा सेङ्गको मृत्यु भएको थियोभने शेर्पा शिविरको टेन्टभित्रै मृतभेटिएका थिए ।यो सिजनमा मनास्लु आरोहणकालागि ४ सय ८० जना विदेशी
आरोहीले अनुमति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्