
गोरखाको फुजेलमा बस ठोक्किँदा पाँच यात्रु घाइते
गोरखामा यात्रुबाहक दुई बस ठोक्किँदा पाँच यात्रु घाइते भएका छन् । काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ग १ ख ८६०६ नंबरको बस र गोरखाको भच्चेकबाट काठमाडौँ जाँदै गरेको ग २ ख ९८३ नंबरको यात्रबाहक बस गण्डकी गाउँपालिका ४ फुजेल, गैरीचौतारमा ठोक्किँदा यात्रु घाइते भएका हुन् ।
शनिबार दिउसो दुईबजेतिर भएको सो दुर्घटनामा ग १ ख ८६०६ नंबरको बसमा सवार गण्डकी गाउँपालिका ४ गैरीचौताराका १० बर्षका भरत बराम र सहिदलखन गाउँपालिका ७ बसन्तेगाउका ३५ बर्षकी सुमित्रा श्रेष्ठ घाइते भएका छन् । उनीहरु दुवै जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
त्यस्तै सोही बसमा सवार सहिदलखन गाउँपालिका ९ नाम्जुङका २३ बर्षीया कृतिमा तिवारी, सहिदलखन गाउँपालिका ६ बतासेकी ३० बर्षीया सबिना श्रेष्ठ र गण्डकी ४ फुजेलका ६२ बर्षका मनबहादुर श्रेष्ठ घाइते भएका छन् । उनीहरु सबैको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ ।
बस र चालक दल प्रहरीको नियन्त्रणमा रहेका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।




