| मङ्लबार, साउन १८, २०८३

गोरखामा बस र जीप ठोक्किँदा ६ जना घाइते

गोरखामा बस र जीप एक आपसमा ठक्कर खाँदा ६ जना घाइते भएका छन् । पालुङ्टार नगरपालिकाको सेराबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग २ ख ११४६ नंबरको बस र विपरीत दिशातिरबाट आउँदै गरेरेको वाग्मती प्रदेश ०१–०२५च ०७५८ नंबरको बोलेरो जीप सोमबार बिहान सवा एक बजेतिर आँबुखैरेनी–गोरखा सडकको पाँचकिलो भन्ने ठाउँमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परी बोलेरो जीप चालक सहिदलखन गाउँपालिका १ बक्राङ बस्ने ३४ बर्षका विवश विक, सोही ठाउँका २७ बर्षका शंकर विश्वकर्मा घाइते भएका छन् । साथै सोही दुर्घटनामा शंकर विककी १५ महिनाकी छोरी प्रभा विश्वकर्मा घाइते भएका छन् ।
त्यस्तै बसका चालक पालुङटार नगरपालिका ६ का ३० बर्षीय मिलन गुरुङ, गोरखा नगरपालिका वडा नं. १३ देउरालीका ४२ बर्षका कृष्णाराम नराल र पालुङटार नगरपालिका ९ बिर्दी बस्ने होमबहादुर बाँनिया घाइते भएका छन् ।
उनीहरु सबैको आँबुखैरेनी गाउँपालिका अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्