
गोरखा काउले भँगारका कृष्ण आलेको घर पहिरोको जोखिममा
अविरल बर्षापछि आँगन भासिँदा गोरखामा एक घर पहिरोको जोखिममा परेको छ । सहिद लखन गाउँपालिका ७ काउलेभँगार देउरालीस्थित कृष्ण आलेको घर पहिरोको जोखिममा परेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान आठबजेतिर आँगन भासिएको हो ।
सो ठाउँलाई संरक्षण गर्न, पहिरोभित्र पानी पस्नबाट जोगाउन प्लास्टिक तथा त्रिपालहरु उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख रमेश थापा मगरले जानकारी दिए ।




