| बिहिबार, असार १०, २०८३

बजारको घ्यू खाँदा गुरुकूलका नौ बटुक बिरामी

बजारको घ्यू खाँदा गोरखाको एक गुरुकूलका वटुकहरु बिरामी भएका छन् । पालुङटार नगरपालिका ७ चुँदीघाटस्थित ओमकार आयुर्वेद गुरुकूलका १६ जना वटुकहरुमध्य बजारको घ्यू खाएका नौ जना बालबालिका बिरामी परेका प्रमुख आचार्य गोविन्द रेग्मीले जानकारी दिए ।
बिरामी सबैको बन्दिपुर अस्पतालमा उपचार भइरहेको उनले बताए ।
‘हामीले डुम्रेको न्यौपाने पूजा सामग्री भण्डारबाट ल्याएको घ्यू हिँजो बेलुकीको खाना खाने समयमा सात बजेतिर खान दिएका थियौँ’, आचार्य रेग्मीले भने, ‘कसैले खाए, कसैले खाएनन् । खाएकाजति सबैजना आज बिहान छ, सात बजेदेखि बान्ता गर्न थाले । त्यसैले त्यही घ्यूमा विषाक्त पदार्थ मिसावट भएको अनुमान गरेका छौँ ।’ बिरामीमध्य दुईजनालाई अलिक बढि भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्