| बुधबार, असार ९, २०८३

च्याङ्लीकी हरिमाया कुमाल मस्र्याङ्दी किनारमा मृत फेला

पालुङटार नगरपालिका ७ माझीगाउँकी हरिमाया कुमाल मस्र्याङ्दी नदी किनारमा मृत भेटिएकी छिन् । गत शनिबार बिहान ४ बजेदेखि हराइरहेकी ४६ बर्षकी कुमाल सोमबार दिउसो मस्र्याङ्दी किनारमा मृत फेला परेकी वडाअध्यक्ष अर्जुन कुमालले जानकारी दिए ।
उनको सोमबार साँझ कुमाल परम्परा अनुसार अन्त्यष्टि गरिएको छ । मानसिक रोगबाट ग्रस्त उनको मृत्यूका बिषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्