| बुधबार, असार ९, २०८३

एक इटालेली आरोहीको उद्धार, दुईको खोजी कार्य जारी

गोरखाको पाङबारी हिमालमा पाँचदिनदेखि फँसिरहेका तीन इटालेलीमध्य एकजनाको उद्धार भएको छ । दुईजनाको खोजी कार्य भइरहेको छ । ५००० मिटर उचाइमा अवस्थित बेसक्याम्पमा रहेका ६५ बर्षका भेल्टर परलिनोको आइतबार बिहान १० बजे हेलिकोप्टरबाट उद्धार गरी चुमनुब्री १ साम्दोमा ल्याई राखिएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनको साथमा बेसक्याम्पमा रहेका पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि हेलिकोप्टरबाट उद्धार गरिएको उनले जानकारी दिए ।

तर ५५०० मिटर उचाइमा अवस्थित क्याम्प १ मा रहेका दुई इटलेली आरोहीको भने खोजी कार्य भइरहेको छ । ६७ वर्षका स्तेफानो फरिनातो र ३७ वर्षका अलेस्सान्द्रो गापुटोको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । खोज्न गएको हेलिकोप्टरले बेसक्याम्पका आरोहीलाई फेला पारेको र क्याम्प १ का आरोहीलाई फेला नपारेपछि दिउसो १२ बजेसम्म पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तीन इटेलेली आरोही र तीन नेपाली सहयोगी गत हप्ताको बुधबारदेखि पाङवारी हिमालमा फँसिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्