| बिहिबार, असार १०, २०८३

भालुको आक्रमणबाट गम्भीर घाइते महिलाको उद्धार


भालुको आक्रमणमा परी गम्भीर घाइते भएकी गोरखाकी एक महिलाको उद्धार गरिएको छ । चुमनुब्री गाउँपालिका ५ ड्याङकको पुजु गोठमा बस्ने ७४ बर्षकी टासी भुटी लामालाई सोमबार दिउसो दुई बजे हेलिकोप्टरबाट उद्धार गरी काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।


लामालाई आइतबार मध्यरातमा भालुले आक्रमण गरेको प्रहरीको भनाइ छ । राती एक बजे बाहिर आवाज आएको र सो आवाज कसको हो भनी बाहिर निस्केर हेर्दा भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्