| आइतवार, मंसिर १, २०८२

सिंजाली माविको भवन निर्माणमा खटिएका कर्मचारी मृत फेला

शहिद लखन गाउँपालिका–४ देउरालीछापस्थित सिंजाली माविको नयाँ भवन निर्माणमा खटिएका एक कर्मचारी मृत फेला परेका छन् । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–३ का ३५ बर्षीय छेवाङ नाङ्गेल तामाङ शनिवार बिहान सुतिरहेकै ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

‘बेलुकी खाना खाएर कोठामा सुतेका उनी बिहान अवेरसम्म पनि उठेनछन्,’ प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले भने, ‘ढोका ढक्ढक्याएर बोलाउँदा पनि नबोलेपछि प्रधानाध्यापकले हामीलाई खवर गर्नुभयो ।’ खवर पाए लगतै कुरिनटार प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक उमेश यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको र ढोका खोलेर हेर्दा तामाङ मृत अवस्थामा फेला परेको श्रेष्ठले बताए ।

भूकम्पले क्षतिग्रस्त भएको उक्त बिद्यालयको भवन चीन सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण भइरहेको छ । पुनर्निर्माणका खटिएका चाइनिजहरुका लागि तामाङ दोभाषेको रुपमा काम गर्थे । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्