| आइतवार, मंसिर १, २०८२

तनहूँमा भएको सवारी दुर्घटनामा गोरखा धार्चेका गुरुङको मृत्यु

पृथ्वी राजमार्ग अन्तरगत तनहूँको बिमलनगरमा भएको सवारी दुर्घटनामा गोरखाका एक युवाको ज्यान गएको छ ।

आँवुखैरेनीबाट डुम्रे जादैँ गरेको ग १ ख ९७०८ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको ग २६ प ९२८७ नम्वरको स्कुटर शनिवार एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी स्कुटर चालक गोरखाको धार्चे गाउँपालिका–७ का २८ बर्षीय पुनराम गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।

डुम्रेस्थित लक्ष्मी सिटी अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका लागि गुरुङलाई चितवन मेडिकल कलेज पठाइएको थियो । उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।

स्कुटरको पछाडी सवार धार्चे गाउँपालिका–७ कै ३२ बर्षीय मनोज गुरुङ घाइते भएका छन् । टाउकोमा चोट लागेको उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्