
पालुङ्टारका ५४ बर्षीय बरामको शवपोखरीमा भेटियो
पालुङ्टार नगरपालिका ७ खत्रीटारका एक पुरुष पोखरीमा डुबेर मरेको अबस्थामा भेटिएका छन् । पालुङटार ७ कटहरेपाटा निवासी ५४ बर्षका कालीबहादुर बराम स्थानीय पिप्लेखोल्सीमा सिँचाइको प्रयोजनका लागि बनाइएको तालमा डुबेर मरेको अबस्थामा भेटिएको डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
मंगलबार मृत भेटिएका उनलाई पोस्टमार्टमका लागि बुधबार प्रदेश अस्पताल गोरखामा ल्याइएको उनले बताए । बाटोमा हिड्ने क्रममा अचानक चिप्लिएर पोखरीमा पर्न गई डुबेको प्रारम्भिक अनुमान भएपनि थप अनुसन्धान भने भइरहेको डिएसपी सुवेदीले बताए ।




