
आफ्नै छोरी र भतिजीमाथि जबर्जस्ती करणीको प्रयास गर्ने पुरुष पक्राउ
आफ्नै छोरी र भतिजीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा गोरखामा एकजना पक्राउ परेका छन् । गत बुधबार छोरी र भतिजीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा सहिद लखन गाउँपालिका ३ का ३४ बर्षका पुरुष पक्राउ परेका हुन्।
बुधबार साँझको समयमा दाइकी १५ बर्षकी छोरी र आफ्नै १३ बर्षकी छोरीमाथि बलत्कारको प्रयास गरेको उनीमाथि आरोप छ ।
पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएपछि शक्रबार ती आरोपी पक्राउ परेका हुन् । उनीविरुद्ध गोरखा जिल्ला अदालतमा जबर्जस्ती करणीको प्रयास शीर्षकमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको डिएसपी ईन्द्र सुवेदीले जानकारी दिए ।




