| सोमवार, कार्तिक २३, २०८३

उत्तरी गोरखामा एकै भीरबाट खसेर दुईजनाको मृत्यू

उत्तरी गोरखाको एक दुर्गम गाउँमा एउटै भीरबाट खसेर दुईजनाको मृत्यू भएको छ । चुमनुब्री गाउँपालिका ६ धुम्चेका करिब ४३ बर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ बर्षका हिसेदोर्जे लामाको एउटै भीरबाट खसेर मृत्यू भएको मृतकका आफन्तले बताएका छन् ।

उनीहरु चुम्लिङ र सिप्चेतको बीचमा पर्ने धादाङकोक् भन्ने ठाउँको भीरबाट करिब एकसय मिटर तल स्यारखोलामा खसेर मृत्यू भएको मृतकका आफन्त नुर्बु दोर्जेले बताउनुभयो । गत सोमबार चुम्लिङमा विद्युत समितिको बैठक भएको थियो । बैठकबाट फर्कदा रिञ्जिन हराएका उहाँले बताउनुभयो ।

उनको चारदिनसम्म सबैतिर खोजी भएको, फेला पार्न सकेन आज बिहान खोज्दैजाँदा हिसेले उसको लास देखेका थिए । हिसेले नै गाउँलेहरु सबैलाई बोलाएका अनि सबैजना लास लिन खोलातरि झरेका बेला रिञ्जिन खसेकै ठाउँबाट हिसे पनि खसेर मृत्यू भएको वडा सदस्य ठिले ग्याम्जोले बताउनु भयो । बिहान नौ बजेतिर खसेर हिसेको घटनास्थलमै मृत्यू भएको दावा चुम्बा लामाले बताउनुभयो । यसअघि पनि विभिन्न समयमा पाँच जना यही भीरबाट लडेर मृत्यू भएको उहाँको भनाइ छ ।

प्रहरी बिहानै घटनास्थलमा पुगेर अनुसन्धान तथा आवश्यक कारबारही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयका एसपी भरतबहादुर विकले जानकारी दिनुभयो ।

तस्वीर सौजन्य : दावा चुम्बा

प्रतिक्रिया दिनुहोस्