| मङ्लबार, कार्तिक २४, २०८३

आँबुखैरेनी ऐनापहरा बस दुर्घटनामा पाँच घाइते, एक जना चितवन रिफर


गोरखाबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग २ ख १०७७ नंबरको बस आइतबार अपरान्ह चारबजेतिर ऐनापहराबाट करिब १५ मिटर तल खस्दा बसमा सवार पाँच जना घाइते भएका वडाअध्यक्ष दिनेश केशीले जानकारी दिए ।

केशीका अनुसार सहिदलखन गाउँपालिका ६ की ४० बर्षीया सुनु थापा, सहिद लखन ६ रानीस्वाँराकी ४३ बर्षीया सीता थापा, सोही ठाउँकी २८ बर्षकी मीना थापा मगर, गोरखा नगरपालिका ९ का ५४ बर्षीय सनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका १ गिरानचौरका आठ बर्षका खुशी राम रामदाम घाइते भएका छन् ।

घाइते मध्य गम्भीर अबस्थामा रहेकी सुनु थापालाई भरतपुर रिफर गरिएको उनले बताए ।


तस्वीर : दिनेश केशी ।

प्रतिक्रिया दिनुहोस्