
लागु औषधसहित पक्राउ परेका गुरुङविरुद्ध मुद्दा दर्ता
लागु औषधसहित पक्राउ परेका एक पुरुषविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । मझुवा चौकीमा सवारी चेकजाँचका क्रममा पक्राउ परेका इच्छाकामना गाउँपालिका ६ जलवीरेका २९ बर्षीय नवीन गुरुङविरुद्ध गोरखा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ ।
गोरखाबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना ३३ प ९०२१ नंबरको स्कुटरमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय गोरखा र मझुवा चौकीबाट खटिएका प्रहरीले ३४ पत्ता(३४० क्याप्सुल) ट्रमाडोलसहित पक्राउ गरेको थियो । उनलाई लागु औषध शीर्षकमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।




