| मङ्लबार, कार्तिक २४, २०८३

१९ केजी गाँजासहित युवक पक्राउ

१९.८ केजी गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट नियमित सवारी चेकजाँचका क्रममा आइतबार बिहान ५ः३० बजे लिसङ्खु पाखर गाउँपालिका २ सिन्धुपाल्चोकका १९ बर्षीय समीर लामालाई पक्राउ परेका हुन् ।

उनलाई जेब्रा झोलामा लुकाइ छिपाइ ल्याएको १९ केजी आठसय ग्राम तौल भएको ६ पोका गाँजासहित पक्राउ गरिएको इप्रका आँबुखैरेनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्