| मङ्लबार, कार्तिक २४, २०८३

लागुऔषधसहित एकजना पक्राउ

आँबुखैरेनी गाउँपालिका ४ बेनिटारबाट नियन्त्रित लागूऔषध सहित एकजना पक्राउ परेका छन् । मुग्लिङतर्फबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग १ ख ६४९८ नम्बरको बसबाट सुन्दरबजार नगरपालिका ८ बलीथुम बस्ने ६३ वर्षीय प्रेम बहादुर परियारलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले डाईजेपाम १८५ एम्पुल, फेनारगन १८५ एम्पुल र बुप्रेनोर्फिन १८५ एम्पुल बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्