| मङ्लबार, कार्तिक २४, २०८३

लाकुरीबोट महिला सहकारीमा आगलागी

बारपाक सुलिकोट गाउँपालिका–५ स्थित लाकुरीबोट महिला बचत तथा ऋण सहकारी संस्थाको कार्यालय भवनमा आगलागी भएको छ । बिहीवार राती भएको आगलागीका कारण संस्थाका महत्वपूर्ण कागजात सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

‘राती आगलागी भएको रहेछ तर कति बजे भयो भन्ने एकीन भएन,’ डिएसपी इन्द्रप्रसाद सुवेदीले भने, ‘बिहान कार्यालय खोल्न आउँदा मात्रै कर्मचारीले थाहा पाएछन् ।’ शुक्रवार आफूहरुलाई खवर आएको र लगतै घटनास्थलतर्फ टोली खटाइएको उनले जानकारी दिए । भित्र आगलागी भएपनि भवनको बाहिर ताल्चा लगाएको पाइएको उनले बताए ।

‘आगलागी भित्र मात्रै भएको छ, कार्यालयको कागजातहरु पोलिएको अवस्थामा भेटियो, बाहिर भने ताल्चा लगाएको रहेछ,’ उनले भने, ‘भित्र आगलागी गरेर बाहिरबाट ताल्चा लगाएको हो की भन्ने आशंका छ ।’ आगलागीको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्