
गोरखामा माईक्रो दुर्घटना, ९ जना घाईते
गोरखामा माईक्रो दुर्घटना भएको छ । गोरखा नगरपालिका वडा नं. ११ पन्ध्रकिलो स्थित गोरखा–आँबुखैरेनी सडकखण्डमा पुर्वी नवलपरासीबाट गोरखा भ्रमणको लागि आएको माईक्रो दुर्घटना भएको हो ।
गोरखा सदरमुकामबाट फर्कने क्रममा १६ जना सवार ध १ ख ४६२ नं. को माइक्रो अनियन्त्रित भई सडक छेउको नालामा पल्टन गई दुर्घटना भएको गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीले बताए । दुर्घटनामा परी ९ जना यात्रु घाईते भएका छन् ।
घाइते हुनेमा नवलपरासी (ब.सु.पु) देवचुली न.पा. वडा नं. २ बस्ने ३७ तारा माया गाहा, ४५ वर्षीया सरस्वती अधिकारी, ५७ वर्षीया जित कुमारी ढुङ्गाना, ४८ वर्षीया थम कुमारी महत, ४७ वर्षीया धन कुमारी पोख्रेल, ५५ वर्षीय राजन रेग्मी, ५८ वर्षीया सुकमाया बराम, ४० वर्षीया सन्त माया सुनार र ४५ वर्षीया रिता थापा क्षेत्री रहेको डिएसपी सुवेदीले बताए । घाइते सबैको प्रदेश अस्पताल गोरखामा उपचार भई रहेको प्रहरीले जनाएको छ ।




