
दुईकिलो गाँजासहित गोरखाका दिनेश श्रेष्ठ पक्राउ
अवैध लागु औषधसहित प्रहरीले गोरखाका दिनेश श्रेष्ठलाई पक्राउ गरेको छ । काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ग २ ख १६१९ नम्बरको माईक्रोबसमा बसमा लागुऔषध बोकेर आउँदै गरेका पालुङ्टार १० का श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरीपोस्ट मुग्लिन पुलजीपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा गोरखा घर भई हाल पोखरा महानगरपालिका न्यूरोड बस्ने २५ बर्षका श्रेष्ठ पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले छ किलो दुईसय ग्राम गाँजा बरामद गरिएको छ ।




