| मङ्लबार, कार्तिक २४, २०८३

निर्माण व्यवसायीलाई कुटपिट गर्ने पक्राउ

निर्माण व्यवसायी कृष्णप्रसाद अम्गाईलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गण्डकी गाउँपालिका–४ ढावेका रोशन थापा क्षेत्री भन्ने २९ बर्षीय सुजल थापा, १९ बर्षीय पुष्पप्रसाद देवकोटा र वडा नम्वर ३ आमडाडाका २४ बर्षीय दयाराम पन्त रहेका छन् ।

कृतिका निर्माण सेवाका प्रोपराइटर समेत रहेका अम्गाईलाई गत शुक्रवार गण्डकी गाउँपालिका–२ खमारे खोला सडकखण्डमा उनीहरुले बाटो छेकी ज्यान मार्ने उदेश्यले हेल्मेट र ढुंगा समेतले टाउको र शरिरको बिभिन्न भागमा प्रहार गरी घाइते बनाएको डिएसपी इन्द्रप्रसाद सुवेदीले बताए । घटनालगतै फरार रहेका उनीहरुलाई सोमवार पक्राउ गरिएको सुवेदीले जानकारी दिए । उनीहरुबिरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्