| मङ्लबार, कार्तिक २४, २०८३

निर्माण व्यवसायीमाथि कुटपिट

गोरखामा निर्माण व्यवसायीमाथि कुटपिट भएको छ । गण्डकी गाउँपालिका र सहिदलखन गाउँपालिकाको सिमानामा पर्ने बतासे फुजेल आमडाँडा पौवा सडक खण्डको निर्माण कार्य गर्ने व्यवसायी कृष्ण अंगाईमाथि कुटपिट भएको हो । निर्माण स्थलबाट मोटरसाइकलमा घर फर्कने क्रममा दिउँसो ३ बजे उनीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

‘बतासे फुजेल आमडाँडा पौवा सडक खण्डमा पर्ने खमारे खोलामामा स्थानिय युवाहरुद्धारा कुटपिट भएको रहेछ’, जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘घाइते अंगाईलाई प्रदेश अस्पताल गोरखामा प्रारम्भिक उपचार गरी थप उपचारका लागी काठमाडौँ पठाइएको छ भने कुटपिट गर्नेहरुको खोजीकार्य भईरहेको छ ।’

निर्माण व्यवसायी संघ गोरखाले पनि एक विज्ञप्ति जारी गर्दै दोषीहरुलाई कारबाहीको लागि माग गरेका छन् । ‘सो घटनाले निर्माण व्यवसायी स्वतस्र्फुत कार्य गर्न असहज हुने र टोले गुण्डागर्दीहरुको मनोबल बढ्ने हुँदा यस घटनालाई यथासिघ्र कार्वाहीको दायरामा ल्याई निर्माण व्यवसायीलाई भएरहित वातावरण कार्य संचालन गर्ने वातावरण मिलाइदिनुहुन अनुरोेध गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्