| आइतवार, कार्तिक २२, २०८३

महिला र बालबालिका हराउने क्रम बढ्यो

दरौंदी ः गोरखाबाट महिला र बालबालिका हराउने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको हालसम्म ३३ जना हराएका छन् ।
२३ महिला, आठ बालीका र दुई बालक हराएकोमा १७ महिला, पाचँ बालिका र एक बालक अझै फेला नपरेका प्रहरी तथ्यांक छ । २०७४÷०७५ मा एक सय ३५ जना हराएका भन्दै खोज तलासका लागी जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको थियो । ८३ महिला, ४० बालिका र १२ बालक हरा एका मध्ये ६७ जना अझै फेला परेका छैनन् ।
४७ महिला, १७ बालिका र तिन बालक फेला परेका छैनन् । प्रहरी तथ्यांक अनुसार २०७३÷०७४ मा एक सय ६ महिला र बालबालिका हराएका थिए । तीमध्ये ७६ महिला, १९ बालीका र ११ बालक थिए । ३३ जनामात्रै फेला परेपनि ७३ जना अझै सम्पर्कमा नरहेका प्रहरीको तथ्यांक छ । हराएपछि खोजिदिनु प¥यो भनेर निवेदन दिन आउनेहरू हराएका मान्छे फेला परेपछि नआउनाले पनि कतिपय रिर्पोट अपडेट नभएको हुनसक्ने कार्यालयले जनाएको छ । यस्तै, खोजिका लागी आएको निवेदन अनुसार अनुसन्धानका क्रममा १६ बर्षभन्दा माथिका बालिकाहरु धेरैजसो विवाह गरी गएको र विवाहित महिलाहरु समेत धेरैजसो दोस्रो विहे गरि गएको पाईएको महिला तथा बालबालीका सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक सावित्री पाण्डेले बताईन् ।

प्रतिक्रिया दिनुहोस्