
करेण्ट लागेर धावाचौताराका एक वृद्धको मृत्यू
गोरखामा करेण्ट लागेर एक वृद्धको मृत्यू भएको छ । भीमसेनथापा गाउँपालिका ४ धावाचौतारा निवासी ७० बर्षका बलराम बिकको हाइटेण्सनको करेण्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय बारीमा बाख्रा चराउन गएका बिकलाई बुधबार दिउसो साँडे दुईबजे बारीमा गाडिएको हाइटेण्सन लाइन पोलको सपोर्ट तारमा छुँदा करेण्ट लागेको थियो । उनको घटनास्थलमा नै मृत्यू भएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी सुवेदीले बताए ।




